Logo

डा. भट्टराई मनमोहनमा कार्डियो थोरासिक भास्कुलर सर्जरी विभागको प्रमुखमा नियुक्त



काठमाडौं, ८ साउन । त्रिभुवन विश्वविद्यालय मनमोहन कार्डियो थोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरको कार्डियो थोरासिक भास्कुलर सर्जरी (सिटीभीएस) विभागीय प्रमुखमा प्रा.डा. अनिल भट्टराई नियुक्त भएका छन् । वरिष्ठ मुटुरोग विशेषज्ञ डा. भट्टराई पवर्त मोदी गाउँपालिका वडा नम्बर ६ का तिलाहरमा जन्मिएका हुन् ।

उनले अमेरिका, रसिया र युरोपका विभिन्न प्रसिद्ध विश्वविद्यालयमा अध्ययन गरेका छन् । उनीसँग युरोपकै प्रतिष्ठित अस्पतालमा पनि काम गरेको अनुभव छ । तर, उनी देशको सेवा र मुटुरोगको उपचारमा नयाँ प्रविधि भित्र्याउने उद्देश्यले नेपाल फर्किएका हुन् ।

डा. भट्टराईको समाजसेवा पनि उत्तिकै दख्खल छ । आफू नेतृत्वको सेभ द हार्टमार्फत उनले देशका विकट विकट ठाउँमा निःशुल्क मुटु शिविरको आयोजना पनि गरिरहेका छन् । र, ती शिविरबाट पत्ता लागेका विभिन्न किसिमका जटिल मुटु रोगका विरामीलाई काठमाडौं ल्याएर उपचार पनि गरिरहेका छन् ।



प्रतिक्रिया दिनुहोस्