Logo

वनमन्त्री डा. महतोसँग यूएईका राजदूत साम्सीको शिष्टाचार भेटवार्ता, दुई देशबीचको सम्बन्ध सुमधुर बनाउनेबारे छलफल



काठमाडौं, ९ साउन । नेपालका लागि युनाईटेड अरब इमिरेट्स (यूएई) का राजदूत अब्दुला अल साम्सीले वन तथा वातावरणमन्त्री डा. वीरेन्द्रप्रसाद महतोसँग भेटवार्ता गरेका छन् । काठमाडौंस्थित् होटेल याक एण्ड यतिमा भएको भेटवार्तामा दुई देशबीचको सम्बन्ध सुमधुर बनाउने विषयमा कुराकानी भएको छ ।  सो अवसरमा राष्ट्रिय प्रकृति संरक्षण कोषका सदस्य सचिव शरद अधिकारीको पनि उपस्थिति थियो ।

मन्त्री महतोले नेपाल र युनाइटेड अरब इमिरेट्सबीच सुमधुर सम्बन्ध रहेको उल्लेख गर्दै आगामी दिनमा दुई देशबीचको सम्बन्धलाई अझै सुदृढ बनाउनुपर्नेमा जोड दिएका थिए । मन्त्री महतोले युएईले उर्जा, स्वास्थ्य, शिक्षालगायतका क्षेत्रमा पछिल्ला वर्ष द्रुत गतिमा विकास गरेको भन्दै समृद्धिको लागि बधाईसमेत दिए ।

सो अवसरमा राजदूत साम्सीले नेपाल र यूएईबीच असल सम्बन्ध रहेको उल्लेख गर्दै आगामी दिनमा यसलाई अझै मजबुद बनाउने विश्वास दिलाए । उनले युएईले नेपालको विकास र समृद्धिको क्षेत्रमा महत्वपूर्ण योगदान पुर्याउने योजना बनाएको पनि उल्लेख गरे । नेपाल र युएई दुवै देश युएनका सदस्य तथा असंलग्न परराष्ट्र नीति (नन एलाईनमेन्ट) को पक्षधर हुन् ।



प्रतिक्रिया दिनुहोस्