Logo

चन्द्र भण्डारीको आक्रोश : सिमित नेताहरुलाई राम्रो गाडी चढ्नको लागि हामीले प्रजातन्त्र ल्याएको हो त ? (भिडिओसहित)



काठमाडौं, ९ साउन । नेपाली कांग्रेसका नेता तथा सांसद डा. चन्द्र भण्डारीले आफूहरुले केही सिमित नेताहरुलाई राम्रो गाडी चढ्नको लागि प्रजातन्त्र ल्याएको हो ? भनेर प्रश्न गरेका छन् । प्रभावशाली नेता शेखर कोइरालाले आज (मंगलबार) आयोजना गरेको ४१औं विपी स्मृति सप्ताहको अवसरमा आयोजित ‘वर्तमान राजनीतिक चूनौतिहरु र नेपाली कांग्रेसको दायित्व’ विषयक कार्यक्रममा सम्बोधन गर्दै भण्डारीले यस्तो प्रश्न गरेका हुन् ।

उनले भने–‘केही सिमित नेताहरुलाई घर बनाउन अनि राम्रा गाडी चढ्नको लागि हामीले प्रजातन्त्र ल्याएको हो ? यही हो आजको हाम्रो चूनौति । हामी सधैं विपी कोइराला, गणेशमान, किसुनजी भनेर नाम लिइरहने, अनि उनीहरुको आचरण अनुसरण गर्नु नपर्ने ? उनको नाममा कमाउने ? समाजका मान्छेभन्दा भिन्न हुने ? यो चाहीँ कदापि हुनुहुँदैन। यसको अन्त्य गर्नु नेपाली कांग्रेसको दायित्व हो ।’

भण्डारीले समाजवाद भनेको के हो ? भन्दै प्रश्न गरे । उनले भने,‘कहाँ छ समाजवाद ? भर्खरका युवाहरुले नेपाल छोडेर जानुपरेको छ। त्यही हो त समाजवाद ?’ तस्विर तथा भिडिओ : मुकुन्द कालिकोटे/रिपोर्टर्स नेपाल डटकम

https://www.facebook.com/ReportersNepal/videos/693029192837244



प्रतिक्रिया दिनुहोस्