काठमाडौं, ९ साउन । रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले बझाङका जिल्ला संयोजक नगेन्द्र खड्कालाई निलम्बन गरेको छ ।
खड्कामाथि पत्रकार कुटेको आरोप छ । खड्काले पत्रकार महासंघ बझाङका सदस्य सुनिल मण्डेललाई आक्रमण गरेको आरोप लागेको थियो ।
रास्वपाले जनाएअनुसार जिल्ला संयोजक खड्कालाई निलम्बन गरिएको र अनुशन्धान समितिले अनुसन्धान पनि थालेको छ ।