सर्लाही, साउन १० । सर्लाहीको ईश्वरपुर नगरपालिका–९, खोरिया टोलमा मोटरसाइकल दुर्घटनामा परेर राष्ट्रिय अनुसन्धान विभागमा कार्यरत एक प्रहरी निरीक्षक (इन्स्पेक्टर)को मृत्यु भएको छ ।
सदरमुकाम मलङ्गवास्थित कार्यालयबाट मङ्गलबार राति घरतर्फ आउँदै गर्दा बागमती प्रदेश ०२–०१६ प ००७१ नम्बरको मोटरसाइकल दुर्घटनामा परी २९ वर्षीय वसन्त साहको मृत्यु भएको हो । मोटरसाइकल दुर्घटनामा परेर मृत्यु भएका साहको शव ईश्वरपुर नगरपालिका–६, बयलवास बजार निवासी साह फूलजोर–त्रिभुवननगर सडकअन्तर्गत खोरिया टोल नजिकै रहेको पुलमुनी आज बिहान फेला परेको प्रहरीले जनाएको छ ।
प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवसहित सुरक्षा अधिकारीको टोली घटनास्थमा पुगेर घटनाको थप अनुसन्धान गरिरहेको छ ।