Logo

२२ प्रहरी सम्पर्कविहीन, सात दिनभित्र सम्पर्कमा आउन आग्रह



काठमाडौं, साउन १०। नेपाल प्रहरीले सम्पर्कविहीन रहेका २२ प्रहरीलाई सात दिनभित्र सम्पर्कमा आउन आग्रह गरेको छ ।

आफू गैरहाजिर रहनुको कारण खोली सन्तोषजनक स्पष्टीकरण जवाफ सहित सात दिनभित्र उपस्थित नभए प्रहरी नियमावालीको नियम १०९ को देहाय (ख) १ बमोजिम सेवाबाट हटाइने प्रहरी प्रधान कार्यालयले जारी गरेको सूचनामा उल्लेख छ ।

प्रहरी प्रधान कार्यालयले सूचना जारी गर्दै आफू गैरहाजिर रहनुको कारण खोली सन्तोषजनक स्पष्टीकरण जवाफ सहित सात दिनभित्र उपस्थित नभए ती प्रहरी कर्मचारीहरूलाई प्रहरी नियमावालीको नियम १०९ को देहाय (ख) १ बमोजिम सेवाबाट हटाउने प्रहरी प्रधान कार्यालयले जनाएको छ।



प्रतिक्रिया दिनुहोस्