Logo

निर्वाचन खर्च विवरण सार्वजनिक नगर्नेको सूचिमा आफ्नो नाम उल्लेख भएपछि विनोद चौधरीको ध्यानाकार्षण



काठमाडौं, १० साउन । नेपाली कांग्रेसका नेता तथा प्रतिनिधिसभा सदस्य विनोद चौधरीले निर्वाचन आयोगले खर्च विवरण सार्वजनिक नगर्नेहरुको सूचिमा आफ्नो नाम उल्लेख गरेकोमा ध्यानाकार्षण भएको बताएका छन् । उनले आफूले निर्वाचन सम्पन्न भएलगत्तै ०७९ पुष ४ गते निर्वाचन आयोगमा खर्च विवरण बुझाएको उल्लेख गरेका छन् ।

उनले लेखेका छन–

निर्वाचन आयोगले खर्च विवरण सार्वजनिक नगर्नेहरूको सूचिमा मेरो पनि नाम उल्लेख गरेकोप्रति गभ्मिर ध्यानाकर्षण भएको छ । मैले निर्वाचन सम्पन्न भए लगत्तै मिति २०७९ पुस ४ गते निर्वाचन आयोगमा खर्च विवरण बुझाएको हुँ जसको दर्ता नम्बर १०९९ रहेको छ । तसर्थ, उक्त सूचिबाट मेरो नाम हटाई यस बारेमा आम सञ्चारमाध्यमलाई सहि सूचना उपलब्ध गराईदिनुहुन र यसअघि प्रकाशित समाचारले भ्रम श्रृजना भएको हुदा उक्त समाचार सच्याइदिनुहुन पनि म आग्रह गर्दछु ।



प्रतिक्रिया दिनुहोस्