Logo

सत्तारूढ दलले नाँगो नाँच देखाएको ओलीको आरोप, एमाले चुप लागेर नबस्ने चेतावनी



काठमाडौं, १० साउन । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले देशमा लुट मच्चाएको आरोप लगाएका छन् । उनले सत्तारुढ दलले देशमा नाँगो नाँच देखाएको भन्दै अब आफ्नो दल चुप लागेर नबस्ने चेतावनी दिएका छन् ।

आजको प्रतिनिधिसभाको बैठक सुरु हुनुअघि संसदीय दलको बैठक डाकेर ओलीले यस्तो चेतावनी दिएका हुन् । प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजेको लागि बोलाईएको थियो । तर, एक घण्टा बितिसक्दापनि बैठक अझै सुरु भएको छैन् ।

एमालेले सुन तस्करीमा सरकारका गृहमन्त्री र अर्थमन्त्रीको नै संलग्नता रहेको भन्दै राजीनामा माग्ने तयारी गरेको छ । र, आजको संसद् बैठक अवरोध गर्ने पनि उसको तयारी छ । File Photo/ReportersNepal



प्रतिक्रिया दिनुहोस्

Screenshot