Logo

एनआरएनए जापानमा ४ अध्यक्षसहित ४९ को उम्मेदवारी, अध्यक्षमा नवीन निउरेको पल्लाभारी



काठमाडौं, साउन १२ । गैर आवासीय नेपाली संघ (एनआरएनए) जापानको ११ औं महाधिबेशन जुलाई ३० मा हुदैछ । उक्त अधिवेसनका लागी निर्वाचन समितीले अन्तिम नामावली सार्वजनिक गरेको छ ।

हालसम्म अध्यक्षमा नविन निउरे,संगिता अधिकारी,राज कुमार अधिकारी र रामकृष्ण श्रेस्ठले उम्मेदवारी दर्ता गरेका छन । जम्मा २६ पदका लागी ४९ उम्मेदवारले उम्मेदवारी दिएका छन । उम्मेदवारी दिएका उम्मेदवारहरुले आफ्नो पक्षमा माहोल बनाउन अन्तिम प्रयास गरिरहेका छन । एनआरएनए जापानको अध्यक्षमा यस पटक युवा पुस्ताका नविन निउरेको जितको प्रवल संभावना रहेको छ । हालका बरिस्ठ उपाध्यक्ष निउरेले गरेका राम्रा काम र उनको सहनसिल स्वभावका कारण अहिले उनको माहोल बढेको छ ।

समाजिक सेवामा समर्पित गैर आवासीय नेपाली संघको नेतृत्वमा सधै राजनीतिक किचलोका कारण व्यावसायिक दक्ष युवाको आकर्षण घटेको आरोप लागिरहँदा एनआरएन जापानको अध्यक्षमा यस पटक युवा पुस्ताका नविन निउरेको उम्मेदवारीलाई जापानमा बसेका धेरै संघ सँस्था नेपालीहरुले समर्थन गरेका छन । एनआरएनए जापानलाई नेपाली समुदायप्रति उत्तरदायी भई अभिभावकीय भूमिका प्रदान गर्न, संस्थाको सौन्दर्य विधि पद्धति र आर्थिक अनुशासन हो भन्ने मान्यतालाई स्थापित गराउनका लागि आफूले आगामी कार्यकालका लागि अध्यक्ष पदमा उम्मेदवारी दिएको निउरेले बताए ।

‘गफ होइन काम, त्याग, समर्पण र साथ-सहयोगले मात्र समाजको सुखदुःखको सारथी बन्न सकिन्छ । यही विश्वासका साथ गैरआवासीय नेपाली संघ जापानका लागि २०२३-२५ कार्यकालको नेतृत्वका लागि मैले अध्यक्ष पदमा उम्मेदवारी दिएको हु ।’ अध्यक्ष पदका प्रत्यासी निउरेले भने— “म बोल्नु भन्दापनि काम गरेर देखाउने मान्छे हुँ भन्ने कुरा मेरा विगतका कार्यले पनि प्रष्ट पारेका छन । बिगतका दिनहरुमा जसरी यस पटक समाजको काम गर्न एनआरएनए जापानको अध्यक्ष पदमा निर्वाचित गराइदिनु भै नेपाली समुदायको अभिभावकीय भूमिका प्रदान गर्ने मेरो दृढ इच्छाशक्तिलाई हौसलासँगै मन र मतबाट सहयोग गर्नुहुनेछ भन्ने विश्वास लिएको छु ।

१२ वर्षभन्दा लामो समयदेखि एनआरएनएको अभियानमा क्रियाशील निउरे २०११-२०१३ मा एनआरएनए कान्तोको सदस्य, २०१३-२०१५ मा एनआरएनए कान्तोको कोषाध्यक्ष, २०१५-२०१७ मा कान्तोकै सचिव, २०१७-२०१९ एनआरएनए कान्तोको संयोजक पदमा रहेर कार्य गरिसकेका छन । पछिल्लो दुई कार्यकाल एनआरएनए जापानको राष्ट्रिय समन्वय परिषद युवा उपाध्यक्ष र वरिष्ठ उपाध्यक्षको जिम्मेवारी सम्हालेका नविनले संस्थालाई विधि र पद्दतिमा संस्थागत रूपले संचालन गर्न र आर्थिक पारदर्शीता लगायतका जिम्मेवारी प्रभावकारी ढंगले निभाएका थिए ।

“सामाजिक सेवामा आफ्नो दक्षता र अनुभवलाई एनआरएनए जापानको संस्थागत सुदृढीकरण र समाजिक अभियानमा जोडेर जापानबासी नेपालीहरुमा रहेको एनआरएनएप्रतिको आस्था र भरोसालाई कायम राखी सबैको अपनत्व हुने गरी एनआरएन जापानलाई जनस्तरमा स्थापित बनाउनु अहिलेको अभियान हो न्युरेले भने- हामी युवा जो यस अभियानमा लागेका छौ, यसबाट के पाइन्छ होइन, हामीले धेरै कुरा दिनु पर्छ भन्ने मानसिकताका साथ एनआरएनएको अभियानमा छु । त्यसैले यस पटकको एनआरएनए जापानको अध्यक्षका लागि नेपाली समाजले मलाई अनुमोदन गर्ने छ भन्ने पुर्ण विश्वास लिएको निउरेले बताए ।

जापानबासी नेपालीहरुमा रहेको एनआरएनएप्रतिको आस्था र भरोसालाई कायम राखी सबैलाई अपनत्व महशुस हुने गरी एनआरएन जापानलाई जनस्तरमा स्थापित गराउनु आफ्नो प्रमुख दायित्व रहेको बताउदै अध्यक्ष पदका प्रत्यासी निउरेले एनआरएनएको अभियानमा नजिक रहेर काम गर्दै आइरहेकोले आगामी दिनमा संघलाई नेतृत्व दिन आफू सक्षम रहेकोले साथ र सहयोगका लागि जापानबासी नेपालीलाई अनुरोध समेत गरेका छन ।
एनआरएनए जापानको ११ औं महाधिबेशन जुलाई ३० तारिखमा हुंदैछ ।

के छन त निउरेका प्रमुख एजेण्डाहरु ?

संघको पुनसंरचना, स्मार्ट एनआरएनए, संस्थागत विकास, आर्थिक पारदर्शिता लगायतका कार्यको जग स्थापना भइसकेको अवस्थामा जापान सरकारसँग आवश्यक पहल र नेपालीहरूको योगदानमा आधारित रहेर शिव मन्दिरसहितको प्रविधि युक्त बहुउदेश्यीय नेपाली हाउसको स्थापना र सञ्चालनमा ल्याउने निउरेको मुख्य योजना रहेको बताए ।

जापानमा रहेका हरेक सामाजिक संघ/संस्था र समाजसँग समन्वयात्मक रूपमा हातेमालो गर्दै कार्य गर्ने योजना अघि सारेका उनले यसको व्यावहारिक कार्यान्वयन, सक्दो छिटो आवश्यक सेवा र सहायता (भाषा, भैपरी आउने मानवीय सहयोग र दैनिक समस्या) प्रदान र कार्यान्वयनका लागि एक टास्कफोर्सको स्थापना गरि सो अन्तर्गत दैनिक कार्य संचालनका लागि दक्ष जनशक्तिसहितको कर्मचारी नियुक्त गरी एनआरएनए जापानको कार्यालय सञ्चालनमा ल्याउने बताएका छन ।

आकस्मिक दुर्घटनामा परी ज्यान गुमाउने नेपालीहरूको पार्थिव शरीर नेपालमा पठाउन लाग्ने आर्थिक खर्च नेपाल सरकारले व्यहोर्नुपर्ने नीतिगत व्यवस्था गर्न र यसका लागि ठोस नीति बनाएर कार्यन्वयन गराउन नेपाल सरकारका सम्बन्धित निकायसँग पहल गर्ने योजना बनाएका निउरेले दुर्घटना तथा विभिन्न आपतकालीन समस्यामा परेका नेपालीहरूलाई सहयोग हुने गरी संचालित एनआरएनए आपतकालीन राहत कोष’ को प्रभावकारी कार्यान्वयन गर्ने निउरेद्धरा सार्वजनिक गरिएको प्रतिवद्धता पत्रमा उल्लेख गरेका छन ।

एनआरएनए जापानका कार्यक्रम सञ्चालनका लागि वार्षिक क्यालेन्डर स्थापना गरी व्यवस्थित रूपमा सञ्चालन गर्ने, संघमा रहेका मौजुदा विधान कार्यविधि नियमावली आचारसंहितालाई पूण रूपमा पालना गर्दै समयानुकूल परिमार्जित र आवश्यक संशोधन गर्ने र एनआरएनए जापानलाई स्मार्ट एनआरएनए बनाउनका लागि बेवपेज, सामाजिक सञ्जाल, सदस्यको अभिलेखीकरण, नियमित लेखा व्यवस्थापन, आन्तरिक सञ्चार व्यवस्थापन, सूचना प्रविधि लगायतलाई व्यवस्थित र प्रभावकारी र कामयाबी बनाउन उनले प्रतिवद्धता पत्रमा उल्लेख गरेका छन ।

नेपाललाई अन्तर्राष्ट्रिय समुदायसँग जोड्ने पुलको रुपमा एनआरएनले भूमिका निर्वाह गर्दै नेपालको पर्यटन क्षेत्रमा योगदान पुर्‍याउनका लागि राजदूतावाससँगको सहकार्यमा ‘नेपाल चिनाउने’ बुकलेट तयार गरिने योजना पनि उनले अघि सारेका छन । सार्वजनिक गरिएको प्रतिवद्धता पत्रमा जापानको नियम कानून र यससँग सरोकार राख्ने विषयको बारेमा नेपाली समुदायलाई सहज र पहुँच योग्य जानकारी दिनका लागि बुकलेट तयार पारी सहज रूपमा उपलब्ध गराउने, जापानमा हुने अप्रिय घटना, दुर्घटना न्यूनीकरणको लागि सचेतनामूलक कार्यक्रम गरिने र जापानमा रहेका महिलाको स्वास्थ्य र मनोवैज्ञानिक परामर्शका लागि विशेषज्ञसहितको शिविर सञ्चालन गरिने उल्लेख गरेका छन ।

विदेशमा कार्यरत नेपालीलाई विदेशको पसिनाको प्रतिफल नेपालमा पेन्सनको रूपमा प्रदान गर्न नेपाल सरकारले ल्याएको सामाजिक सुरक्षा कोषमा आबद्धता गराउन सूचना र सन्देशमूलक कार्यक्रम सञ्चालन गर्ने, व्यवस्थित र सुरक्षित वैदेशिक रोजगारी अन्तर्गत श्रम स्वीकृति, नवीकरण, बिमा नवीकरण तथा श्रमसम्बन्धी अन्य समस्या समाधानका लागि नेपाल जानुपर्ने बाध्यकारी अवस्था अन्त्य गर्न आवश्यक पहल गर्ने र नेपाली नियोगमार्फत नै यी कार्य गर्ने प्रबन्ध मिलाउन पहल गर्ने उल्लेख गर्दै जारी गरिएको प्रतिवद्धता पत्रमा भनिएको छ ।

जापानमा रहेका नेपालीहरूलाई विभिन्न किसिमका बिचौलियाको ठगीबाट जोगिनका लागि सूचना र सन्देशमूलक जानकारी प्रदान गर्ने संयन्त्रको विकास गरिने निउरेले बताए । निउरेले आफु काम गर्नकै लागी एनआरएनए जापानको अध्यक्षमा उम्मेदवारी दिएकोले आफुलाई बिश्वाश गरि अध्यक्षमा अत्याधीक मतले बिजयी गराउन जापानवासी नेपालीलाई अनुरोध गरेका छन ।

 

 



प्रतिक्रिया दिनुहोस्

Screenshot