Logo

निर्वाचन कमिटीको मनोमानी निर्णय मलाई स्विकार्य छैन् : सुमन कार्की



काठमाडौं, ११ साउन । गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषद (आईसीसी) सदस्य पदमा उम्मेद्वारी दिएका सुमन कार्कीले आफूलाई थाहा नै नदिई जापानबाट प्रतिनिधित्व गर्नेहरुबीच सहमति भएको भन्ने नाममा निर्वाचन समितिले गरेको निर्णयमा आपत्ति जनाएका छन् । उनले निर्वाचन कमिटीको उक्त निर्णय एकलौटी र मनोमानी ढंगले आएको भन्दै स्विकार नगर्ने बताए ।

उनले “मैले उम्मेदारी दर्ता गराएको थिएँ तर फिर्ता लिएको छैन। तोकिएको नियमभित्र रहेर मैले आफ्नो उम्मेदवारी दर्ता गराएको हुँ । मैले उम्मेदवारी फिर्ता नै नलिएको अवस्थामा मेरो नाम हटाएर ६ जनाको नाम मात्र राखेर अन्तिम नामावली भन्दै प्रकाशन गरिएको छ। बिनाकारण मेरो उम्मेदारी हटाएको सन्देशसहित निर्वाचन कमिटिले मलाई मेल गरेको छ। यस्तो मनोमानी र एकलौटी निर्णय मलाई स्विकार्य छैन।”

निर्वाचन कमिटिले आफुलाई अवैधानिक तवरले हटाएको भन्दै कार्कीले निर्वाचन कमिटिमा निवेदन पेश गरिसकेको पनि रिपोर्टर्स नेपाल डटकमसँग फोनमार्फत जानकारी दिए ।



प्रतिक्रिया दिनुहोस्

Screenshot