Logo

एनआरएनए अष्ट्रेलियाका अध्यक्षका उम्मेदवार गुरुङको प्रतिबद्धता : भीजनलाई एक्शनमा उतार्छु (भिडिओसहित)



काठमाडौं, १२ साउन । भोलि जुलाई २९ तारिखमा हुन गैरहेको गैरआवासीय नेपाली संघ (एनआरएनए) अष्ट्रेलियाको नयाँ कार्यसमितिको लागि अध्यक्षका उम्मेद्वार देवबहादुर गुरुङले आफूले संस्थाको नेतृत्व पुगेर नवीन कार्यको थालनी गर्न लागेको बताएका छन् ।

उनले नीति–खाका (कागजजात) मा सुधार गर्ने आफ्नो योजना रहेको सुनाए । झण्डै दुई महिना लामो चुनावी अभियान सञ्चालन सफल रुपमा सम्पन्न गरेको उल्लेख गर्दै गुरुङले आज (शुक्रबार) सामाजिक सञ्जाल फेशबुकमार्फत यस्तो अपिल गरेका हुन् ।

सो क्रममा उनले चुनावी अभियानमा साथ र सहयोग गर्ने सबै साथीभाईहरु र परिवारका सदस्यहरुमा पनि हार्दिक आभार व्यक्त गरेका छन् । उनले संघका नीति, नियम र कानूनमा केही पूनरावलोकन गर्नुपर्ने आवश्यकत्ता औंल्याएका छन् । उनको अर्को महत्वपूर्ण योजना भनेको सदस्यतालाई प्रोत्साहन गर्नुपर्ने रहेको छ ।

यस्तै, उनले दोस्रो पुस्तालाई नेतृत्वको लागि हौसला प्रदान गर्ने र नेतृत्वमा महिलाहरुको सहभागितालाई सुनिश्चित्ता गर्ने पनि बताएका छन् । अष्ट्रेलियामा अध्ययन गर्ने विद्यार्थीहरुको लागि हरेक दुःख र सुखमा साथ दिने, र नेपाल र अष्ट्रेलिया दुवै देशका सरकारबीच समन्वय गरेर राहदानीदेखि, अनुदान र पर्यटनसम्बन्धी कार्यक्रममा सहकार्य गर्ने बताए ।

उनले एनआरएनए अष्ट्रेलियालाई कुन तहमा लैजाने भन्ने कुरा अब आउने नेतृत्वको भीजनमा भर पर्ने बताउँदै सही नेतृत्व चयन गर्नको लागि आग्रह गरे । उनले नेतृत्वमा जाने कुरा ठूलो नभएपनि गएपछि कतिको काम गर्न सक्ने र समय दिन सक्छ ? भन्ने कुरा ठूलो भएको बताए ।



प्रतिक्रिया दिनुहोस्