Logo

पिपरा गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत झाविरुद्ध भ्रष्टाचार मुद्दा दायर



काठमाडौं, १२ साउन । महोत्तरी जिल्लाको पिपरा गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकिय अधिकृत रंजिता झा र तत्कालीन सव–इन्जिनियर श्याम किसोर मण्डलविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।

आज (शुक्रबार) अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीहरुले आर्थिक वर्ष २०७४/०७५ मा पिपरा गाउँपालिका वडा नं. १ को एकरहिया कृषि सडक ओलारदेखि खैरबा सडकको पीसीसी ढलान नभए नगरेको कार्यलाई बढी काम भएको नापी किताब तयार पारी बढी मूल्याङ्‍कन गरी झुट्टा नापी किताब, भुक्तानी बिल र कार्य सम्पन्न प्रतिवेदन स्वीकृत गरी उपभोक्ता समितिलाई बढी एक लाख ४८ हजार नौ सय १० रुपैयाँ बढी भुक्तानी दिएर सरकारी रकम हानिनोक्सानी पुर्‍याएको भन्दै उनीहरुविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

उनीहरु हरुउपर भ्रष्टाचार निवारण ऐन, २०५९ को ऐनको दफा ८ को उपदफा (१) बमोजिम कैद र जरिवाना हुन र सोही दफा बमोजिम बिगो असुल हुनसमेत मागदाबी गरिएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot