Logo

अर्थमन्त्री वर्षमान पुनविरुद्ध कठोर रुपमा उत्रिने आजपाको चेतावनी



काठमाडौं, २२ बैशाख । प्रभु साह नेतृत्वको आम जनता पार्टीको भातृ संगठन आम सम्पर्क मञ्चले भन्सारमा भएको लुटकारी प्रावधान खारेजीको माग राखेर आन्दोलन जारी राखेको छ । उसको आन्दोलन अहिले चौथो चरणमा चलिरहेको छ । तर, सरकारले आफूहरको मागप्रति सुनुवाई गर्न विलम्ब गरेको मोर्चाको बुझाई छ । मोर्चाकी संयोजक रञ्जु साहले अबको आन्दोलन कडा बनाईने र उत्पन्न परिस्थितिको जिम्मा राज्यले लिनुपर्ने चेतावनी दिएकी छिन् ।

मोर्चाले भन्सार कानूनमा रहेको लुटकारी प्रावधानविरुद्ध भन्सार विभाग घेराउ गर्दै आएको छ । सयौंको संख्यामा नेता तथा कार्यकर्ताहरु भन्सार विभागमा उत्रिएर नाराबाजी लगाउने गरेका छन् । आजपाका अध्यक्ष प्रभस साहले भने भन्सार नियन्त्रणको नाममा तराई क्षेत्रको जनताको निजी सम्पति लुट्ने काम भएको भन्दै कडा विरोध गरेका छन् । उनले सरकारले लुट्ने काम तत्काल बन्द नगरे र भन्सार कानुनमा रहेको कथित ४५ प्रतिशत पुरस्कारको लूटकारी प्रावधान हटाउन विलम्ब गरे अर्थमन्त्री वर्षमान पुनविरुद्ध कडा रुपमा उत्रिने चेतावनी दिएका छन् ।

अध्यक्ष साहले लुटकारी प्रावधान हटाउन विलम्ब गर्नु र माग सुनुवाईप्रति चासो नदेखाउनुले उक्त लुटकारी प्रावधानको फाइदा तल्लो तहका कर्मचारीदेखि माथिल्लो तहसम्म पुग्ने गरेको आशंका आफूहरुलाई हुन थालेको जिकिर गरे । उनले भने,‘लुटकारी प्रावधानले देशलाई होईन व्यक्तिहरुलाई फाइदा भएको छ ।’ file photo



प्रतिक्रिया दिनुहोस्