Logo

माउन्टेन फ्लाइट र स्लिङ उडान रोकेर हवाई दुर्घटना कम हुँदैनः वायुसेवा सञ्चालक सङ्घ



काठमाडौं, साउन १३ । पछिल्लो चार महिनाको अवधिमा नेपालमा चार वटा हेलिकोप्टर दुर्घटना भएपछि वायुसेवा सञ्चालक सङ्घले हवाई सुरक्षा अभिवृद्धिका लागि टास्कफोर्स गठन गरेको छ ।

हवाई उडानलाई थप सुरक्षित, व्यवस्थित तथा भरपर्दाे बनाई हवाई सेवालाई अझै व्यावसायिक तथा मर्यादित रूपमा सञ्चालन गर्न, दुर्घटना न्यूनीकरणका उपाय पहिल्याउन, हवाई सुरक्षा दर अभिवृद्धि गर्न र हवाई दुर्घटनाको कारण पत्ता लगाउन उक्त समिति गठन गरिएको हो । सङ्घका अध्यक्ष क्याप्टेन रामेश्वर थापाले मुलुकभर सञ्चालनमा रहेका

एयरक्राफ्ट सञ्चालन विधि र प्रक्रियाबारे बुझ्न र हवाई उद्योग कति सुरक्षित छन् भन्नेबारे समितिले अध्ययन गर्ने बताए । उनले भने, “सङ्घमा आबद्ध रहेका सबै वायुसेवा कम्पनीको सञ्चालन प्रव्रिmया र विधिबारे पूर्वपर्यटन सचिव यज्ञ गौतमको संयोजकत्वमा गठित समितिले एक महिनासम्म अध्ययन गर्ने छ ।

समितिले अध्ययनका क्रममा देखिएका कमी कमजोरी हटाउन थप प्रक्रिया अघि बढाउने छ ।” नेपाल नागरिक उड्डयन प्राधिकरणले माउन्टेन फ्लाइट र स्लिङ उडानमा गरेको कडिकडाइले हवाई दुर्घटना न्यूनीकरण नहुने समेत उनको दाबी छ । हेलिकोप्टरको मुख्य काम नै माउन्टेन फ्लाइट र स्लिङ उडान रहेको जनाउँदै उहाँले माउन्टेन फ्लाइट र स्लिङ उडान रोक लगाउन नहुने उनको भनाइ छ ।

प्राधिरकणले असार २८ गतेदेखि हेलिकोप्टरहरूले उडानको सुरु गन्तव्यमा नफर्की बिचबाटै अन्य गन्तव्यमा गएको जनाउँदै चालु मनसुन अवधिभर (सेप्टेम्बर २०२३ सम्म) माउन्टेन, स्लिङ र पुष्पवृष्टिका उडानमा रोक लगाएको छ ।

बिहान एक ठाउँबाट उडान गरेका हेलिकोप्टर दिनभरि आफूखुसी उडान गरेर बेलुका मात्रै गन्तव्यमा आउने गरेको पाइएको भन्दै प्राधिकरणले टावरलाई समेत जानकारी नगराई उडान गर्दा हवाई दुर्घटना बढेको भन्दै यस्तो निर्णय गरेको जनाएको हो ।

सङ्घले हवाई सुरक्षा अभिवृद्धिका लागि गठन गरेको टास्कफोर्स समितिमा क्याप्टेन हीराबाबु दाहाल, रवि कंसाकार र नारायणबहादुर सिंह डङ्गोल रहेका छ



प्रतिक्रिया दिनुहोस्