Logo

आम जनता पार्टी र क्रान्तिकारी कम्युनिष्ट एकता अभियानबीच एकता



काठमाडौं, १३ साउन । आम जनता पार्टी र क्रान्तिकारी कम्युनिष्ट एकता अभियानबीच एकता भएको छ। आज (शनिबार) काठमाडौंमा एक कार्यक्रमको आयोजना गरी एकता सम्पन्न भएको हो ।

आम जनता पार्टीका अध्यक्ष तथा प्रतिनिधिसभा सदस्य प्रभु साहले अभियानका सबै पदाधिकारी तथा कार्यकर्ताहरुलाई पार्टीमा स्वागत गरेका थिए । एकता अभियानका संयोजक ज्ञानेन्द्र बहादुर तामाङ हुन् ।

सो अवसरमा अध्यक्ष प्रभु साहसँगै उपाध्यक्ष तिलक थापा मगरले स्वागत सम्बोधन गरेका थिए । साहले पार्टीले देश र जनताको हितको लागि काम गरिरहेको भन्दै अग्रगामी मोर्चाबीच सहकार्य हुनुपर्नेमा जोड दिए ।



प्रतिक्रिया दिनुहोस्