Logo

माग पूरा नभए १५ साउनदेखि अनिश्चितकालीन आमहड्ताल गर्छौं : आजपा वरिष्ठ उपाध्यक्ष न्यौपाने



चन्द्रपुर (रौतहट, १३ साउन (रासस) । सत्र वर्षअघि भएको गौर घटनाका दोषीलाई कारबाहीको माग गर्दै आज रौतहटको चन्द्रनिगाहपुरमा धर्ना दिइएको छ । त्यसबेला २८ जनाको ज्यान लिने गरी भएको घटनाका दोषीमाथि हालसम्म कारबाही नभएकाले दबाब दिने उद्देश्यले पूर्व–पश्चिम राजमार्गस्थित चन्द्रनिगाहपुरको मुख्य चोकमा रहेको पार्कमा मृतकका परिवारले अनिश्चितकालीन धर्ना दिएका हुन् ।

विसं २०६३ चैत ७ गते रौतहटको सदरमुकाम गौरस्थित राइस मिल चौरमा माओवादी र तत्कालीन फोरम ९हाल जसपा०का बीचमा भएको झडपमा परी २७ जनाको घटनास्थलमै र एक जनाले उपचारका क्रममा ज्यान गुमाउनुपरेको थियो ।

घोषित कार्यक्रमअन्तर्गत आज चन्द्रनिगाहपुरमा धर्ना दिइएको र माग पूरा नभए १५ साउनदेखि अनिश्चितकालीन आमहड्ताल गरिने आम जनता पार्टीका वरिष्ठ उपाध्यक्ष बद्री न्यौपानेले बताए ।



प्रतिक्रिया दिनुहोस्