Logo

प्रादेशिक अस्पताललाई सुविधा सम्पन्न अस्पताल बनाउँने अभियानमा स्वास्थ्य मन्त्री सिंह



बखतियार अलि
सर्लाही ,साउन १३ । मधेस प्रदेश सरकारका स्वास्थ्य तथा जनसंख्या मन्त्री विरेन्द्र सिंहले मधेस प्रदेशका ८ वटै जिल्लामा रेफर सेन्टरका रुपमा रहेका प्रादेशिक अस्पताललाई सुविधा सम्पन्न अस्पताल बनाउने प्रयासमा लागेको बताएका छन्।

सर्लाहीको पर्सा गाउँपालिकामा संचालन भएको २४ घण्टा आकस्मिक स्वास्थ्य संस्थाको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उनले जिल्ला अस्पतालबाट बिरामीहरुलाई अन्यत्र रेफर गर्ने काम हरुमा हुँदै आएकोले यस्ता अस्पतालहरुलाई सुविधा सम्पन्न बनाएर सबै खालका बिरामीहरुले प्रादेशिक अस्पतालबाटै उपचार पाउन भनेर दिनरात मेहनत गरि रहेको बताए।

प्रादेशिक अस्पतालहरुमा लागेको रेफर सेन्टरको दाग डिटोल पानीले धोएर सबै खालका उपचार यसै अस्पतालबाट गर्ने व्यवस्थामा आफु लागि परेको उनको दाबी छ। प्रदेशका कुनैपनि बिरामीले अब जिल्लामै उपचार पाउनुपर्ने बताउँदै उनले गम्भीर किसिमका बिरामी बाहेक अरु कसैलाई पनि अतिरिक्त रकम खर्च गरेर उपचारको लागि बाहिर जानू नपरोस् भनेर चालु आर्थिक वर्षमै मधेस प्रदेशका सबै स्वास्थ्य संस्थाहरुको स्तरोन्नति गरिरहेको जनाए।

उनले अब देखि प्रदेशका कुनैपनि जनतालाई स्वास्थ्य सेव लिनका लागि थप आर्थिक भार सहित दुस्ख गरेर बाहिर जानू नपर्ने बताए । पर्सा गाउँपलिकामा संचालन भएको २४ घण्टा आकस्मिक स्वास्थ सेवाका लागि चाहिने सबै प्रकारका सहयोग तथा उपकरणहरु प्रदेश सरकारले उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गर्दै उनले गाउँपालिका अध्यक्ष धिरेन्द्र यादवले गरिरहरको कामहरु सराहनीय रहेको उल्लेख गरे ।

उद्घाटन कार्यक्रममा बोल्दै गा.पा. अध्यक्ष यादवले चुनावको बेला जनतासँग गरेको बाचा पूरा गर्दै जाने बताए । स्थानीय जनताले भरपर्दो तथा स्तरीय स्वास्थ्य सेवा पाओस् भनेर २४ घण्टा आकस्मिक सेवा सुरु गरेको यादवले बताए ।



प्रतिक्रिया दिनुहोस्