Logo

कालिखोलामा पहिरो खस्दा नारायणगढ–मुग्लिन सडक खण्ड ठप्प



काठमाडौं, साउन १४ । चितवनको इच्छाकामना गाउँपालिका–६ स्थित कालिखोलामा पहिरो खस्दा नारायणगढ–मुग्लिन सडकखण्ड बिहान ९ बजेदेखि पूर्ण रुपमा अवरुद्ध भएको छ।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार इच्छाकामना गाउँपालिका–६ स्थित कालिखोलामा माथिबाट लेदोसहितको पहिरो खसेर सडक अवरुद्ध भएको हो ।

अहिले पानी परिरहेकाले पहिरो पन्छाउने काम सुरु हुन सकेको छैन । गन्तव्यमा हिडेका सवारीसाधन सडकमै रोकिएका छन्।



प्रतिक्रिया दिनुहोस्