Logo

अवैध सुन प्रकरण : ठमेलस्थित होटल भियनाबाट नेपाली मूलका बेल्जियन नागरिक पक्राउ



काठमाडौं, साउन १८ । राजस्व अनुसन्धान विभागले अवैध सुन तस्करी प्रकरणमा काठमाडौँको ठमेलस्थित होटल भियनाबाट एक जनालाई पक्राउ गरेको छ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भित्रिएको ठूलो परिमाणको अवैध सुन प्रकरणमा राजस्व अनुसन्धान विभागले ठमेलको होटल भियनामा आज विहान छापा हानेर दावा छिरिङलाई पक्राउ गरेको हो। उक्त होटल उनकी श्रीमतीको नाममा छ।

उनी नेपाली मूलका बेल्जियन नागरिक हुन्। योसहित अवैध सुन बरामद प्रकरणमा पक्राउ पर्नेको संख्या १८ पुगेको छ।

विभाग टोलीले उक्त होटलबाट सिसिटिभी फुटेज, कम्प्युटर पनि जफत गरेको छ।

 

 



प्रतिक्रिया दिनुहोस्