Logo

दमकका प्रमुख प्रशासकीय अधिकृतको अनैतिक हर्कतको भिडियो सार्वजनिक, प्रमाण नष्ट गर्न क्वार्टरमा रंगरोगन



काठमाडौं,१४ साउन । झापाको दमक नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत डमरुप्रसाद निरौलाको अनैतिक हर्कतसहितको भिडियो सार्वजनिक भएको छ ।

प्रमुख प्रशासकीय अधिकृत निरौला र एक युवतीबीचको अनैतिक हर्कतको भिडियो सार्वजनिक भएपछि उनी विवादमा तानिएका छन् ।

सामाजिक सञ्जालमा भाइरल भएको उक्त भिडियोमा सरकारी क्वाटरमा एक युवतीसँग मदिराको नशाले लठ्ठ भएर टिकटक लाइभमा बसेका थिए ।

मदिराले लठ्ठिएका निरौला र ती युवतीले टिकटक लाइभमा बसेर अनैतिक हर्कत गरेको प्रष्टसँग देखन सकिन्छ ।

सरकारी निवासमा भएको उक्त अनैतिक हर्कतको भिडियो सार्वजनिक भएपछि निरालाले प्रमाण नष्ट गर्न क्वाटरमा रंगरोगन गर्न लगाएका छन् ।

भिडियो देखिएको कोठा दमक नगरपालिकाले उपलब्ध गराएको निरौलाको सरकारी क्वार्टर हो । अहिले क्वाटरको रंगरोगन गरेर प्रमाण नष्ट गर्ने कोसिस भइरहेका छ । उनले आइतबार बिहानै उक्त क्वाटरमा रंग रोगन गरेर प्रमाण नष्ट गर्ने प्रयास गरेका हुन् ।

दमक घर भएका प्रमुख प्रशासकीय अधिकृत निरौला विवाहित र सन्तानका बाबुभएको खुलेको छ। उनका श्रीमती र छोराछोरी काठमाडौं बस्छन् । श्रीमती पनि उपसचिव हुन् । भिडिओकी महिला भने डिभोर्सी भएको बुझिएको छ ।

तस्बिर स्रोतः सामाजिक सञ्जाल



प्रतिक्रिया दिनुहोस्

Screenshot