Logo

प्रधानमन्त्री प्रचण्डलाई भेटेर बालुवाटरबाट बाहिरिए रास्वपा प्रमुख सचेतक परियार



काठमाडौं, साउन १५ । राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक सन्तोष परियार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई भेट्न बालुवाटर पुगेका छन् ।

संसदीय समितिको सभापति चयन र संसदलाई प्रभावकारी बनाउने विषयमा छलफल गर्न प्रमुख सचेतक परियार बालुवाटर पुगेका हुन् ।

परियारले प्रधानमन्त्रीसँगको भेटमा समिति सभापति नहुँदा विधेयकमाथि प्रभावकारी छलफल हुन नसकेकाले सभापति चयनको प्रक्रिया अगाडि बढाउन प्रधानमन्त्रीको ध्यानाकर्षण गराएको जनाएका छन् । सदनको अवरोध हटाउने विषयमा पनि छलफल भएको उनले बताए।



प्रतिक्रिया दिनुहोस्