काठमाडौं, साउन १५ । संघीय संसद सचिवालयले आज दिउँसो १ बजेदेखि सुरु हुने प्रतिनिधि सभाको बैठकका लागि सम्भावित ५ वटा कार्यसूची तय गरेको छ।
बैठकमा सभामुख देवराज घिमिरेले प्रतिनिधिसभा सदस्य टोपबहादुर रायमाझी निलम्बनमा परेको जानकारी गराउने कार्यसूची छ।
यसैगरी, सभामुख घिमिरेले राष्ट्रपतिको कार्यालय र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार तोकिएकोसम्बन्धी छुट्टा(छुट्टै पत्रहरूको व्यहोरा पढेर सुनाउने संघीय सचिवालयले जनाएको छ।
यस्तै, कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले मन्त्रिपरिषद्को निर्णयबाट आयोगको कार्यावधिक थप गर्ने गरी जारी भएको आदेश बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन, २०७१ को दफा ४२ को उपदफा ९२० बमोजिम सदनसमक्ष पेस गर्ने सम्भावित कार्यसूची छ।