काठमाडौं, १६ साउन । नेकपा (एमाले) का प्रभावशाली नेता तथा पूर्वमन्त्री महेश बस्नेतले सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन आयोग गठन गर्नुपर्ने माग गरेका छन् । नेता बस्नेतले सुन तस्करीको नाईके दावा छिरिङले स्थानीय तहको सिफारिशबिना नै काभ्रेबाट वंशजको आधारमा (बुवाको नाम निमा लामा) राखेर नागरिकता लिएको स्मरण गराउँदै तर अहिले नागरिकता दिने प्रक्रियामा संलग्न कागजात नै गायब पारिएकोले तस्करीको जालो भयानक रहेको टिप्पणी गरेका छन् ।
नेता बस्नेतले फेशबुकमा लेखेका छन्–सुन
तस्करीका मुख्य नाइके दावा छिरिङले नमोबुद्ध–११ ठेगाना राखी २०७४ पुस २० गते स्थानीय तहको सिफारिसबिना नै जिल्ला प्रशासन कार्यालय काभ्रेबाट, वंशजका आधारमा, बुबाको नाम निमा लामा राखेर,नागरिकता लिएको रहेछन। उनलाई नागरिकता दिने प्रक्रियामा संलग्न विवरणको कागजात सबै गायब पारिएको प्रहरी श्रोतले बतायो । तस्करिको जालो भयानक छ । तसर्थ गहिराइमा अनुसन्धान गर्न, उच्च तहको छानबिन आयोग गठन गर्न आबास्यक छ।