Logo

कोशीका मुख्यमन्त्री थापाको शपथ आज, विश्वासको मत पाउँन एमालेकै भर



काठमाडौं, साउन १७ । कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले आज पद तथा गोपनियताको शपथ ग्रहण गर्ने भएका छन् ।

मंगलबार बहुमत जुटाएर मुख्यमन्त्रीमा दाबी पेस गरेका थापाले अहिले साढे १० बजे शपथ ग्रहण गर्ने कार्यक्रम रहेको । दोस्रो पटक मुख्यमन्त्री भएका थापाले शपथ लिएसँगै आजै मन्त्री परिषद् विस्तार गर्ने तयारी गरेका छन् ।

मंगलबार सभामुख गौतमलाई राजीनामा गराएर थापा पुनः मुख्यमन्त्री नियुक्त भएका छन । २६ दिनमा दोस्रो पटक मुख्यमन्त्री बनेका थापालाई विश्वासको मत पाउन भने निकै गाह्रो छ ।

९३ सदस्यीय प्रदेशसभामा थापाको पक्षमा ४७ र विपक्षमा ४६ मत छ । विश्वासको मत लिने बैठकमा एमालेले उपसभामुखलाई अनुपस्थित गराए वा राजीनामा गराए सत्तारूढ गठबन्धनबाट बैठकको अध्यक्षता गर्नुपर्ने हुन्छ ।गठबन्धनबाटै बैठकको अध्यक्षता गर्नुपर्ने अवस्था आए सरकारले विश्वासको मत पाउँने सम्भावना न्यून देखिन्छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot