Logo

केन्द्रीय समिति बैठक लाईभ गर्ने निर्णयबाट पछि हट्यो माओवादी



काठमाडौं, साउन १७। नेकपा (माओवादी केन्द्र) ले केन्द्रीय समिति बैठक लाइभ नगर्ने भएको छ । यसअघि सोमबार बालुवाटारमा बसेको पदाधिकारी बैठकले बैठक लाइभ गर्ने निर्णय गरेको थियो ।

पार्टीभित्रकै नेताहरुले बैठक लाइभ नगर्न दबाब दिएपछि आज विहान बसेको पदाधिकारी बैठकले लाईभ गर्ने निर्णयबाट माओवादी पछि हटेको हो ।

माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक आजदेखि सुरु हुँदै छ । केन्द्रीय समिति बैठक नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादीमा बिहान ११ बजे सुरु हुनेछ । आज अध्यक्ष सहित केही नेताले सम्बोधन गर्ने कार्यसूची रहेको छ ।

 



प्रतिक्रिया दिनुहोस्