काठमाडौं । अहिले बिहान ११ बजे बस्ने तय भएको नेकपा (माओवादी केन्द्र) को केन्द्रीय कमिटी बैठकको समय दुई घण्टा सारिएको छ । अहिले स्थायी समिमितको बैठक जारी रहेकाले केन्द्रीय कमिटी बैठक सारेर दिउँसो १ बजेबाट सुरु हुने भएको हो ।
बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राजनीतिक प्रतिवेदन पेस गर्नेछन् । बैठकमा केन्द्रीय सदस्य सबैलाई बोल्न दिइनेछ । त्यस्तै, यसअघि पदाधिकारी बैठकले केन्द्रीय समिति लाइभ गर्ने निर्णय गरे पनि स्थायी कमिटीले नगर्ने निर्णय गरेको छ ।