Logo

केन्द्रीय कमिटीको बैठकमा प्रचण्डले भने–‘आउने दिनमा एक्सन–ओरियन्टेड भएर जानुपर्ने छ’ (भिडिओसहित)



काठमाडौं, १७ साउन । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले आफ्नो दललाई अब पुनर्निर्माण गर्ने बताएका छन् । अहिले माओवादी पार्टीजस्तो नभएको उनको गुनासो छ । आजबाट सुरु भएको केन्द्रीय कमिटीको बैठकलाइृ सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। उनले भने,‘हाम्रो पार्टी पार्टी जस्तो भइरहेको छैन, पार्टी पुनर्निर्माणको ऐतिहासिक थालनी यो बैठकलाई बनाउनुपर्छ ।’

उनले आफूले कठिन परिस्थितिमा सरकारको नेतृत्व गरेको स्मरण गराउँदै सरकारका कामले जनतामा आशा जागेको दाबी गरे । उनले भने,‘सरकारका कारण जनतामा आशा पलाएको छ । जनताको भरोसाको स्थितिलाई संगठनमा रूपान्तरण गर्ने र जनताको भरोसा बढाउनुपर्नेछ’ उनले भने, ‘आउने दिनमा एक्सन ओरियन्टेड भएर जानुपर्ने छ ।’

तस्विर : मुकुन्द कालिकोटे, रिपोर्टर्स नेपाल डटकम



प्रतिक्रिया दिनुहोस्

Screenshot