Logo

सफाई अभियानको सात वर्षको समिक्षा



  • खेम शर्मा-

नेपालमा सफाई अभियान लिएर अष्टे«लियाको सिड्नीबाट नेपाल आइ एक महिना बसेर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सफाई गरेको ६ वर्ष पुरा भएको छ। त्यो भन्दा ठिक एक वर्ष अघि नै चितवनको भरतपुरमासमेत गरेको सफाईको काम जोड्दा सात बर्षको निरन्तरताको उपलब्धिबारे यहाँ संक्षिप्तमा उल्लेख गरेको छु ।

सफाई अभियानका सात वर्षमा मुख्यतया सात मान्यता स्थापित भएका छन् ।

१.सरसफाई राज्यको मुख्य प्राथमिकतामाः बिगत सात वर्षको निरन्तर तथा अथक प्रयासले अहिले सरसफाई राज्यको मुख्य प्राथमिकतामा परेको छ। इतिहासमै पहिलो पटक प्रधानमन्त्रीले सरसफाई अभियन्तालार्इ आफ्नो सरसफाई बिज्ञ राखेर सरसफाइका कामलाई उच्च प्राथमिकतामा राख्नु भएको छ। र ‘‘स्वच्छ नेपाल स्वस्थ नेपाली” को राष्ट्रिय अभियान पनि घोषणा भै सकेको छ। सरकारको नीति तथा कार्यक्रममा सरसफाइको विषय प्राथमिकताका साथ राखिएको छ । उक्त नीति तथा कार्यक्रम अनुसार सरोकारवाला मन्त्रालय, केन्द्रीय सरकार, प्रदेश सरकार र स्थानीय सरकारहरुले सरसफाइको नीति बनाउदै लागु गर्ने चरणमा रहेका छन् ।
२.सफाई मजदुरको व्यवस्थित तालिमको सुरुवातः तीसौ वर्ष देखि सरसफाई मजदुरको काम गर्नु भएका र परम्परागत पारिवारिक सफाई पेशा भएका मजदुर यसअघि कहिले पनि व्यवस्थित तालिम प्राप्त थिएनन्। नेपालमा सरसफाईको अन्तर्राष्ट्रिय स्तरको प्रगती नहुनुमा सफाई मजदुरको तालिम महत्वपूर्ण कुरा भएकाले अहिले त्यो व्यवस्थित गर्दैछौ। हाल सम्म नेपालका महत्वपूर्ण स्थानका एक हजार बढी सफाई मजदुरले तालिम प्राप्त गरेका छन् । र यो जारी छ। अब सरकारले सफाई मजदुरलाई अनिवार्य तालिमको ब्यबस्था पनि गरेको छ।

३.सफाई मजदुर तथा पेशाको उच्च सम्मानः नेपालमा पछिल्लो आधा दशक यता सफाई मजदुरको पेशाको सम्मान हुन थालेको छ र सफाई मजदुर आफ्नो पेशा प्रति गौरव गर्न थालेका छन्। सरकारले दिने हरेक सम्मान तथा पुरस्कारहरुमा सरसफाई मजदुरलाई पनि दिने निर्णय सरकारले गरेको छ। यो मजदुरको ठुलो सम्मान हो।

४. निजि तथा सरकारी निकायकालागि सफाई मापदण्ड तथा नीति निर्माणः सरकारले निजि तथा सरकारी क्षेत्रका लागि सरसफाइको अन्तराष्ट्रिय मापदण्ड बनाएर लागू गर्ने तयारी गर्दै छ। नीतिगत रुपमा यस अघि यति मसिनो हिसाबले सरकारको ध्यान गएको थिएन र अब राज्य तथा स्थानिय सरकारहरुले पनि सोहि अनुरुपका नीति निर्माण गरेर यो क्षेत्रमा आफ्ना काम अघि बढाउने भएका छन्। यो यीनै सात वर्षको तपाई हाम्रो मेहनत र अभियानको परिणाम हो।

५.स्वदेशी तथा प्रवाशी नेपाली सफाई अभियन्ता सस्कृति निर्माणः हामीले सफाई अभियान सुरु गरेपछि नेपालमा सफाई आन्दोलनकै रुपमा अघि बढ्यो ,एन आर एन हरु आफ्नो देशमा सरसफाईमा बिशेष ध्यान र लगानी गर्नु पर्छ भन्नेमा सहमत भए र गैर आवासीय नेपाली संघले त सरसफाई सम्बन्धि उपसमिति नै बनाएर आफ्नो काम अघि बढायो भने , वीर अस्पताल , पशुपति मन्दिर लगाएत नेपालका सबै विमानस्थलमा सफाईको एक ठुलो अभियान सुरु भो। बिभिन्न टोल र चोकमा सफाई अभियन्ताहरु आफ्नो अभियान संचालन गर्न थाल्नु भएको छ

६. सरसफाई पेशा र ब्यबशायको बिस्तारः हाम्रो अभियान लगत्तै नेपालमा सफाई पेशाको बिस्तार हुनुका साथै धेरै सफाई कम्पनी स्थापना भए । उनीहरुले करोडौ को ब्यापार गरे भने सयौको रोजगारी पनि सिर्जना भयो। कैयौं सेक्युरिटी कम्पनीले आफ्नो सेवा बिस्तार गरेर सरफाइ क्षत्रको पनि संगै ब्यापार बिस्तार गरे। यो पनि तपाई हाम्रो अभियानको उत्प्रेरणा थियो।

७.सफाई कर्ममा ब्यबस्थित अनुगमनको सुरुवातः नेपालमा सरसफाई कर्मको व्यवस्थित अनुगमनको यो अघि व्यवस्था थिएन । अहिले नेपालमा सरसफाईको व्यवस्थित अनुगमन सुरु भएको छ। कुनै पनि कामको सफलता र प्रगति प्रभावकारी अनुगमन बाट मात्रै सम्भव छ। अब नीति द्वारा अनुगमन अनिवार्य बनाइएको छ बिगत ७ वर्ष देखि निरन्तर साथ् सहयोग गर्नु हुने तपाई हरु सम्पूर्णलाई धन्यवाद ।



प्रतिक्रिया दिनुहोस्