Logo

गौर हत्याकाण्ड पीडित संघर्ष समितिले संघर्षलाई थप सशक्त बनाउने, रौतहटको धर्ना काठमाडौंमा सार्ने चेतावनी (विज्ञप्तीसहित)



काठमाडौं, १७ साउन । गौर हत्याकाण्ड पीडित संघर्ष समितिले संघर्षका कार्यक्रमलाई रौतहटबाहिर (मधेश प्रदेशका सबै जिल्ला) मा उठाउने र थप सशक्त बनाउने निर्णय गरेको छ। न्यायको लागि केन्द्र सरकारलाई ज्ञापनपत्र बुझाउँदापनि कुनै सुनुवाई नभएको भन्दै अब संघर्षका कार्यक्रमलाई प्रभावकारी बनाउने समितिको निर्णय छ ।

समितिले आज (बुधबार) साँझ एक विज्ञप्ती जारी गर्दै सरकारले आफूहरुको लचकतालाई कमजोरी ठानेको र न्याय प्रक्रिया अघि बढाउनुको सट्टा कानमा तेल हालेर सुतिरहेको भन्दै गहिरो चिन्तापनि व्यक्त गरेको छ ।

गौर हत्याकाण्ड भएको १७ वर्ष बितिसक्दा पनि सरकारले पीडितलाई न्याय दिलाउनको लागि पहलकदमी नै नलिएको समितिको गुनासो रहँदै आएको छ । सरकार नै पीडितलाई न्याय दिलाउनको लागि उदासिन बनेको उल्लेख गर्दै समितिले सरकारको गतिविधिले अपराधी जोगाउन सक्रिय रहेको भन्ने आशंका बढाएको जनाएको छ ।

सरकारले आफूहरुको संघर्षप्रति सुनुवाई नगरे रौतहटमा जारी धर्ना कार्यक्रमलाई संघीय राजधानी काठमाडौंमा केन्द्रित गर्न बाध्य हुने पनि समितिले चेतावनी दिएको छ।

 



प्रतिक्रिया दिनुहोस्