Logo

माओवादी केन्द्रको केन्द्रीय समिति बैठक आज पनि जारी रहने



काठमाडौं, साउन १८। नेकपा (माओवादी केन्द्र) को केन्द्रीय समिति बैठक आज पनि जारी रहने छ । बुधबारदेखि सुरु भएको केन्द्रीय समिति बैठक साउन २१ गतेसम्म जारी रहनेछ । बैठकको पहिलो दिनमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहित १७ जना केन्द्रीय सदस्यले आ–आफ्नो धारणा राखेका छन् ।

अहिले विहान ११ बजेदेखि सुरु हुने आजको बैठकमा अध्यक्ष प्रचण्डको प्रतिवेदनमाथि नेताहरुले धारणा राख्दैछन् ।बैठकमा मङ्सिरमा हुने विधान सम्मेलन, समसामयिक राजनीतिक विषय, सरकारमा पार्टीको सहभागिता तथा सरकारले गरेका काम कारबाहीका बारेमा छलफल भइरहेको छ ।

सो बैठकमा ३८५ जना केन्द्रीय समिति सदस्य, १९८ जना वैकल्पिक सदस्य, केन्द्रीय आयोगका ७५ जना र प्रदेश पदाधिकारीबाट १०० जना गरी जम्मा ७५८ सहभागी रहेको माओवादी केन्द्रीय कार्यालयले जनाएको छ ।

 



प्रतिक्रिया दिनुहोस्