Logo

एमाले सांसदहरुद्वारा आज पनि राष्ट्रिय सभा अवरुद्ध



काठमाडौं, १८ साउन । सुन तस्करी प्रकरणमा उच्च स्तरीय छानविन समिति बनाउन माग गर्दै नेकपा (एमाले) का सांसदहरुले राष्ट्रिय सभा अवरुद्ध गरेको छ । एमालेका सांसदहरुले सभा अवरुद्ध गरेसँगै राष्ट्रिय सभा अध्यक्ष गणेश तिमिल्सिनाले राष्ट्रिय सभा सदस्य भैरवसुन्दर श्रेष्ठलाई आफ्नो भनाई राख्न समय दिएका थिए ।

श्रेष्ठले सरकारले सत्यतथ्य छानविनका लागि उच्च स्तरीय समिति बनाएर संसद् राम्रोसँग चल्ने वातावरण बनाउन पर्ने बताए ।

उनले नेपाललाई तस्करहरुको देश बनाउन नहुने बताए । उनले उक्त प्रकरणमा जो कोही भएपनि कारबाहीको दायरामा आउन पर्ने बताए ।

‘नेकपा (एमाले) यी सबै पक्षहरुलाई टुलुटुलु हेरेर बस्ने पक्षमा छैन । यी कुराहरुको सत्यतथ्य छानविन होस् । जबसम्म छानविनका लागि उच्चस्तरीय समिति बन्दैन तबसम्म कार्यसूचीमा रहेका विषयहरु अगागि नबढाइयोस्,’– उनले भने ।



प्रतिक्रिया दिनुहोस्

Screenshot