Logo

बैठकबाट बाहिरिने क्रममा प्रचण्डको स्पष्टीकरण : अलि-अलि बिग्रिएको कारणले पार्टीजस्तो भएन भनेको हुँ



काठमाडौं, १८ साउन । नेकपा (माओवादी केन्द्र) को हिजोबाट सुरु भएको केन्द्रीय कमिटी बैठक आजपनि जारी छ । बैठकको दोस्रो दिन नेताहरुले बोलिरहेका छन् । अहिले भने अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल बैठक कक्षबाट बाहिरिएका छन् ।

उनी संवैधानिक परिषद्को बैठकको लागि सिंहदरबार जानको लागि बैठक हलबाट बाहिरिएका हुन् । सो क्रममा उनले हिजो उद्घाटन सत्रमा माओवादी अहिले पार्टीजस्तो नभएको भनेर दिएको अभिव्यक्तिबारे स्पष्ट पारेका छन् ।

उनले अहिले पार्टी अलि अलि बिग्रिएकाले आफूले पार्टीजस्तो नभएको भनेर अभिव्यक्ति दिएको बताए । तर, उनले यो केन्द्रीय कमिटीको बैठकपछि पार्टीले नयाँ गति लिने विश्वास दिलाए । केन्द्रीय कमिटीमा हिजो बोलेका अधिंकाश नेताहरुले नेतृत्वको कार्यशैलीलाई लिएर आलोचना गरेका थिए ।

तस्विर : प्रदीपराज वन्त/प्रम दाहालको सचिवालय 



प्रतिक्रिया दिनुहोस्

Screenshot