Logo

निर्माण व्यवसायीले बोकेको ११ लाख रुपैयाँसहितको झोला चोरी



कैलाली, साउन १९ । कैलालीको अत्तरिया बसपार्कबाट एक जना निर्माण व्यवसायीको ११ लाख पैँसाको हराएको छ ।बिहीबार बिहान अत्तरिया बसपार्कबाट बझाङ गइरहेका निर्माण व्यवसायी धनगढी उपमहानगरपालिका(३ राजपुरका बिरा भारतीको झोला हराएको हो ।

उनले बसको सिटमाथी पैसासहितको झोला राखेको थिए । टाउको दुखेपछी सिटमाथी झोला छोडेर बसपार्क नजिकैको मेडिकलमा औषधि ल्याएर आउदा झोला सानो जस्तो लागेपछि चेक गर्दा झोलाभित्रको पैसा राखेको सानो झोला नभेटाएको भारतीले बताए ।

बसमा राखेको झोलाबाट ११ लाख रकम चोरी भएको ड्राइभर र बसका यात्रुलाई खबर गरेको उनले बताए । त्यसपछि बसपार्कमा रहेको प्रहरीले तत्कालै प्रहरीलाई खबर गरेको ठेकेदार भारतीले बताए । हराएको झोला भेटिएको छैन् ।

इलाका प्रहरी कार्यालय मालाखेतीका निमित्त प्रमुख प्रहरी निरीक्षक बासुदेव भट्टले बसमा रहेका सबै मानिसलाई तत्काल चेकजाँच गरिएपनि हराएको भनिएको झोला फेला नपरेको बताए ।

भारती मजदुरहरूको ज्याला भुक्तानी गर्न उक्त रकम लगेर बझाङ गइरहेका थिए । उनले बुधबार मात्र धनगढीको सिटिजन बैँकबाट ९ लाख ९९ हजार रूपैयाँ झिकेका थिए भने एक लाख ५५ हजार खल्तीमै थियो ।



प्रतिक्रिया दिनुहोस्