Logo

प्रचण्डको विकल्प खोज्ने तहको छलफल भएको छैन : माओवादी सचिव



काठमाडौं, १९ साउन । नेकपा (माओवादी केन्द्र) का सचिव डिलाराम आचार्यले केन्द्रीय समितिको जारी बैठकमा पार्टीको नेतृत्व परिवर्तनको कुरा नउठेको दाबी गरेका छन् ।
‘पार्टीको बैठकमा भित्र जे भइरहेको छ, बाहिर त्योभन्दा बेग्लै किसिमको प्रचार भइरहेको छ । हिजोसम्म ७३ जना कामरेडहरुले बोल्नुभयो । अपवादका रुपमा पार्टीभित्र चित्त नबुझेका कुरा बोल्नु, केही गुनासा, आलोचना पोख्नु बेग्लै कुरा हो । तर निरपेक्ष रुपमा पार्र्टी अध्यक्षको आलोचना भयो भन्ने सूचना नै खारेजयोग्य छ । पार्टीमा प्रचण्डको विकल्प खोज्ने तहको छलफल भएको छैन । नेतृत्व असफल भयो वा परिवर्तनको कुरा उठेकै छैन । यो अनावश्यक कुरा हो,’ नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग उनले भने ।
माओवादी नेता आचार्यले पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकारको नेतृत्व गरेको र सरकारका कामकारबाहीले समाजमा सकारात्मक प्रभाव परेको पनि बताए । पार्टीलाई चुस्त दुरुस्त बनाउनुपर्छ भन्ने अधिकांश केन्द्रीय सदस्यको धारणा रहेको पनि उनले सुनाए । गत महाविधेशनको वैधानिक नपुगेर विशेष महाधिवेशनमा जान नलागेको पनि उनले स्पष्ट पारे ।
आठौं महाधिवेशनको दस्तावेज अनुसारको राजनीतिक प्रशिक्षणमा किन जान सकेनौं भन्ने प्रश्न उठेको जानकारी पनि उनले दिए । आचार्यका अनुसार अनियमितता, भ्रष्टाचारमा मुछिएर पनि कमजोरी गर्ने कुनै पनि नेता कार्यकर्ताको ढाकछोप गर्नुहुन्न भन्ने धारणा पनि केन्द्रीय सदस्यहरुले राखेका छन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot