Logo

दैनिक कफी पिउनुको फाइदैफाइदा, हृदयघातदेखि क्यान्सर हुने सम्भावना कम हुन्छ



  • सविता सिंह ठकुरी 

अहिलेको समयमा कफीको प्रयोग र माग बढ्दो छ । कफीको प्रयोगले मानिसको स्वास्थ्यको लागि निकै फाईदाजनक हुने भएकोले यसको माग र उपयोग बढिरहेको छ । मानिसहरुले आफ्नो स्वास्थ्यको ख्याल गर्दै कफिको प्रयोग गर्दै आएका छन् ।

कफीले आर्थिक र शारीरिक दुवै फाइदा पु¥याउने भएकोले यसको खेतीपनि प्रख्याँत रुपमा गरिँदै आएको पाइन्छ । कफीलाई दुध र चिनिसँग मिसाएर खाने गरिन्छ । कतिपय मानिसले दुधमा पाइने फ्याटको कारणले गर्दा कफी र चिनी प्रयोग गर्ने गर्दछन् । कफीलाई कुनै मिसावट नगरी नै पिउनाले शरीरलाई धेरै फाइदा हुने गर्दछ ।

यी हुन कफी पिउनुका फाइदाहरु

१. कफी पिउनाले हाम्रो स्मरण शक्ति बढ्ने गर्दछ ।
२. कफीमा पाइने एन्टि–अक्सिडेन्ट पाइन्छ । जसले स्कीनलाई फ्रि रेडिकल्स हुनबाट बचाउँछ र अनुहारलाई चम्किलो बनाउनुको साथै दाग हटाउन मद्दत गर्दछ ।
३. मानिसको शरीरलाई स्वस्थ बनाउनुको साथै जवान देखाउन मद्दत गर्दछ ।
४. कफीको सेवनले मानिसमा हुने थकान कम गर्न वा निद्रा हटाउन मद्दत गर्दछ ।
५. मोटोपना भएका ब्यक्तिहरुको तौल कम गर्न मद्दत गर्दछ ।
६. डाइबिटिजका बिरामीले कफी दैनिक दुध नहालेको कफी पिउनाले उनीहरुको सुगर लेबललाई नियन्त्रणमा राख्न मद्दत गर्दछ ।
७. दैनिक कफी प्रयोग गर्नाले मुटुलाई स्वस्थ बनाउनुको साथै हृदयघात हुनबाट बचाउँछ ।
८. कफीलाई दैनिक पिउनाले क्यान्सर हुने सम्भावना कम हुने गर्दछ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot