काठमाडौं, १९ साउन । गौर हत्याकाण्डका पीडितहरुको आन्दोलनमा आम जनता पार्टीको विद्यार्थी संगठन आम विद्यार्थी मोर्चा, बारा जिल्ला समितिले साथ दिएको छ ।
सो विद्यार्थी संगठनको बारा जिल्ला समितिले आज (शुक्रबार) गौर हत्याकाण्डको पीडित शहिद परिवारको माग पुरा गराउन कलैयामा बिरोध र्यालीसहित प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाएको हो । विद्यार्थी मोर्चाले पीडितहरुको धर्ना कार्यक्रमप्रति ऐक्यबद्धता प्रकट गर्दै पीडितहरुको माग सम्बोधन गर्न सरकारसमक्ष माग गरेको हो ।
“गौर हत्याकाण्डको दोषीलाई कारवाही गर, कानुनी शासन र मानवअधिकारको रक्षा गर” भन्ने नारासहित निकालिएको र्यालीमा आम जनता पार्टीको जिल्ला ईन्चार्ज अशोक लामा र आम विद्यार्थी मोर्चाको केन्द्रीय ईन्चार्य उमेश कुशवाहाको विशेष उपस्थिति एवं बिधार्थी नेताहरु विकास कुशवाहा, सन्देश साह, राकेश बैठा, दिपेन्द्र साह, सोनु कुशवाहाको उपस्थिति रहेको जनाईएको छ ।