काठमाडौं, साउन २० । हाल नेपालमा मनसुनी वायुको प्रभावका साथै भारतको मध्यप्रदेश आसपास रहेको न्यूनचापीय प्रणालीको आंशिक प्रभाव छ।
उक्त प्रभावका कारण आज देशभर आंशिकदेखि सामान्य बदली रही गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा र बाँकी प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यमसम्म वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
अहिले कोशी र कर्णाली प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा जारी रहेको जनाउँदै महाशाखाले दिउँसोसम्म
कोशी गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा पनि मेघगर्जन र चट्याङसहित भारी वर्षाको सम्भावना रहेको उल्लेख गरेको छ ।
त्यस्तै रातिसम्म कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा र बाँकी प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।
महाशाखाले भारी वर्षाका कारण नदीको जल सतह बढ्ने, गेग्रान बहाव, बाढी, पहिरो, भूक्षय तथा हावाहुरी जस्ता प्रकोप हुन सक्ने भएकाले सतर्कता अपनाउन अनुरोध गरेको छ।