Logo

स्नातक तहको प्रश्नपत्र अङ्ग्रेजी र नेपाली दुवैमा सोध्ने तयारी



काठमाडौं, साउन २० । त्रिभुवन विश्वविद्यालयले स्नातक तहको प्रश्नपत्र अङ्ग्रेजी र नेपाली दुवै भाषामा सोध्ने गरी तयारी गरेको छ । अधिकांश क्याम्पसमा नेपाली माध्यमबाट पढाइ हुने र परीक्षामा अङ्ग्रेजी माध्यमबाट प्रश्नपत्र सोधिने हुँदा विद्यार्थीलाई सहज गराउन दुबै माध्ययमबाट प्रश्नपत्र सोध्ने तयारी भईरहेको हो ।

आगामी शैक्षिकसत्रदेखि दुवै भाषामा प्रश्नपत्र बनाउने बारे अध्ययन भईरहेको छ । हाल तीन लाख ४७ हजार दुई सय ६९ विद्यार्थी रहेको त्रिभुवन विश्वविद्यालयमा एक हजार एक सय २४ सम्बन्धनप्राप्त र ६२ आङ्गिक क्याम्पस छन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot