Logo

पथरीशनिश्चरेमा नोबेलको निःशुल्क आँखा शिविर



मोरङ, साउन २० । विराटनगरस्थित नोबेल शिक्षण अस्पताल र पथरीशन्श्चिरे वडा नंं ४ को सहकार्यमा एक दिवसिय निःशुल्क आँखा शिविर सम्पन्न भएको छ ।

मोरङको पथरीशनिश्चरे–४ सिरिसेडाँडा आसपासका विभिन्न गाँउका बासिन्दामा आँखा पाक्ने रोगको संक्रमण फैलिदै गए पछि निःशुल्क आँखा शिविर सञ्चालन गरिएको हो।

शिविरमा २ सय ६० जना बिरामीको नोबेल अस्पतालको आँखा विभागका डाक्टरहरूको टोलीले निःशुल्क आँखा जाँच गरी औषधि प्रदान गरिएको थियो ।

सिरिसेडाँडास्थित आधारभूत स्वास्थ्य केन्द्रमा आयोजना गरिएको शिविरमा आँखा पाकेका बिरामीहरू गाउँ–गाउँबाट आएका थिए ।



प्रतिक्रिया दिनुहोस्

Screenshot