Logo

ठूलो दुर्घटनाबाट जोगियो धनगढीबाट दार्चुलातर्फ जाँदै गरेको जिप



बैतडी, साउन २० । बैतडीमा जिप दुर्घटना भएको छ । धनगढीबाट दार्चुलाको गोकुलेश्वरतर्फ गइरहेको सु।प।प्र।०१००१ ज १३७९ नम्बरको जिप महाकाली राजमार्ग अन्तर्गत बैतडीको सुर्नया गाउँपालिका २ सिन्केलेकमा दुर्घटनामा परेको हो ।

सडकबाट जिपको एक टायरमात्रै लिक बाहिर गएकाले ठूलो दुर्घटना हुनबाट जोगिएको अस्थायी प्रहरी पोष्ट सतबाँझका प्रहरी सहायक निरीक्षक कृष्णदत्त जोशीले बताए । शनिबार बिहान ५ बजेतिर जिप दुर्घटनामा परेको हो ।

जिपमा चालकसहित चार जना सवार रहेका थिए । उनीहरु सबै सकुशल रहेका छन् । जिप चालक धनबहादुर बोहरा भने फरार रहेका प्रहरीले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot