Logo

एक अनौठो रोग : जसले गर्दा मानिस खाना खाएपछि रुन थाल्छन्



काठमाडौं, २० श्रावण । कुनै चोटपटक वा कुनै पीडाहुँदा सामान्यतया मानिसको आँखाबाट आँसु आउछ। तर, रूनु बाहेक कहिलेकाही खुसीमा पनि आँखाबाट आँसु आउँछ।

तर, के कहिले सुन्नु भएको छ कि खाना खाँदा मानिस रून थाल्छ? सायद कमैले। खाना धेरै तातो वा अमिलो पिरोहुँदा आँखाबाट आँसु आउनु स्वभाविक कुरा हो। संसारमा एउटा यस्तो रोग छ, जुन खाना खाएपछि मानिसको आँखाबाट आँसु आउछ। यो एक प्रकारको रोग हो, यसलाई ‘क्रोकोडाइल टियर सिन्ड्रोम’ भनिन्छ।

खाना खाँदा मानिसको आँखाबाट आँसु आउनु ‘क्रोकोडाइल टियर्स सिन्ड्रोम’ रोगको कारण हो। यस सिन्ड्रोमबाट पीडित व्यक्तिको रूनुको खानाको स्वाद वा तिर्खासँग कुनै सरोकार हुँदैन। न त मसालेदार खानाको कारणले यस्तो हुन्छ।

यसको कारण ‘लैक्रिमल ग्रन्थि’ हो। यस ग्रन्थीमा नराम्रो प्रभाव परेमा यो सिन्ड्रोम स्वतः उत्पन्न हुन्छ र त्यस्ता रोगीहरूले खाना खाँदा आफूमाथि नियन्त्रण राख्दैन। यो सिन्ड्रोमलाई गुस्टो लक्रिमेसनपनि भनिन्छ।

अडिटिटी सेन्ट्रलको रिपोर्ट अनुसार चीनमा झाङ नामका व्यक्ति यो रोगबाट पीडित छन्। जब उनले मुखमा खानाको टुक्रा राख्छन्, उनको आँखाबाट आँसु बग्न थाल्छ।

रिपोर्टका अनुसार झाङ क्रोकोडाइल टियर सिन्ड्रोम हुनुअघि ‘फेसियल प्यारालाइसिस’बाट पीडित थिए। यो गम्भीर रोगबाट बाहिर निस्कदै गर्दा उनलाई अर्को रोगले सताएको थियो।

रिपोर्टका अनुसार विश्वभरबाट करिब ९५ जना यस रोगबाट पीडित छन्। यो चिन्ताको विषय हो कि डाक्टरहरूसँग यो रोगको कुनै सही उपचार छैन। एजेन्सीको सहयोगमा



प्रतिक्रिया दिनुहोस्

Screenshot