Logo

रमेश मल्लले भने–‘गंगा दाहाल आवश्यकत्ताको कारण प्रधानमन्त्रीको सचिवालयमा हुनुहुन्छ’



काठमाडौं, २१ साउन । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य रमेश मल्लले प्रधानमन्त्री एवम् अध्यक्ष पुष्पकमल दाहालले आफ्नो सचिवालयमा छोरी गंगा दाहाललाई राखेको विषयमा भएको टिकाटिप्पणीबारे कडा आलोचना गरेका छन् । उनले प्रधानमन्त्री दाहालको सचिवालयमा २७ जना स्वकिय सचिवहरु रहेको तीमध्ये गंगा दाहाल एक भएको सुनाएका थिए ।

प्रधानमन्त्री दाहालका दैनिक कामकारबाहीमा सहजीकरण गर्न आवश्यकत्ता महशुस गरेर गंगा दाहाललाई सचिवालयमा राखिएको उनको भनाई थियो । तर राजनीतिक रुपमा अरु कामकारबाही भने टिमले गरिरहेको र आफूहरुले व्यक्तिगत स्वार्थ राखेर कुनैपनि काम गरेको भए देखाउन चूनौति दिए ।

बरु आफूहरुको भूमिका अहोरात्र प्रधानमन्त्री दाहाललाई सफल बनाउन केन्द्रित रहेको उनको भनाई थियो । माओवादी केन्द्रको जारी केन्द्रीय कमिटीको बैठकमा हिजो (शनिबार) आफ्नो धारणा राख्ने क्रममा उनले यस्तो बताएका हुन् ।



प्रतिक्रिया दिनुहोस्