Logo

पार्टी एकता र समाजवादी मोर्चाको जिम्मेवारी महरालाई



काठमाडौं, २१ साउन । नेकपा (माओवादी केन्द्र) ले नेताहरुको जिम्मेवारी हेरफेर गरेको छ । गत साउन १७ गतेदेखि प्रज्ञा भवन कमलादीमा जारी रहेको केन्द्रीय समिति बैठकले नेताहरुको जिम्मेवारी हेरफेर गरेको हो ।

बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेताहरुलाई नयाँ जिम्मेवारीको प्रस्ताव गरेका थिए । प्रस्तावित जिम्मेवारी अनुसार पार्टी एकता र समाजवादी मोर्चाको जिम्मेवारी कृष्ण बहादुर महराले पाएका छन् । उनी माओवादी केन्द्रको उपाध्यक्ष एवं प्रवक्तासमेत हुन् । महरा पूर्व सभामुख समेत हुन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot