Logo

एकथरी मान्छेहरुले माओवादीलाई होच्याउने काम गरिरहेका छन्ः प्रचण्ड



काठमाडौं, २१ साउन । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफूहरुलाई विभिन्न बहानामा होच्याउने काम भइरहेको बताएका छन् । आज (आईतबार) केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्दै उनले माओवादीलाई सामाजिक सञ्जालमा हत्यारा र अपराधी भनेको भन्दै आपत्ति जनाएका हुन् ।

माओवादीलाई आरोप लगाउने मान्छे कुन वर्गका छन् भन्ने कुरा पहिचान गर्न आवश्यक रहेको उनको भनाई छ । गणतन्त्र कसरी आयो भन्ने तथ्यलाई ढाकछोप गरेर माओवादीमाथि विभिन्न लान्छना लगाउने गरिएको उनको भनाई छ ।

‘हामी सबैलाई अपराधी जसरी सोसल मिडियामा बोल्छन् । यसको पछाडि कुन वर्ग छ, पहिचान गर्न आवश्यक छ । एकथरी मान्छेहरुले लाजै नमानी १७ हजारे आतङ्ककारी भनिरहेका छन्,’– उनले भने ।



प्रतिक्रिया दिनुहोस्

Screenshot