
काठमाडौं, २१ साउन । नेकपा (माओवादी केन्द्र) ले ‘जनतासँग माओवादी’ कार्यक्रम सञ्चालन गर्ने भएको छ । पार्टीको काठमाडौंमा बसेको पाँच दिन लामो केन्द्रीय कमिटीको बैठकले पार्टी विशेष रूपान्तरण अभियान सञ्चालन गर्ने निर्णय गरेको हो । योसँगै माओवादीले ‘जनजनमा माओबादी, घरघरमा माओबादी’ नारा बोकेर अभियान थाल्ने भएको हो ।
पार्टी शुद्धिकरणको लागि अध्यक्ष पुष्पकमल दाहाल आँफै सातै वटा प्रदेशका विभिन्न ७ वडामा पुग्ने भएका छन् । प्रचण्डले पार्टीका सबै केन्द्रीय कमिटी सदस्यहरुलाई वडा वडामा पुगेर पार्टीलाई शुद्धिकरण गर्न निर्देशन दिएका छन् । पार्टीको बैठकमा समापनको क्रममा आफ्नो धारणा राख्ने क्रममा प्रचण्डले यस्तो बताएका हुन् ।
उनले भनेका छन्–‘‘म प्रधानमन्त्री भए पनि सात प्रदेशको सात वटा वडाको जिम्मा म लिन्छु भनेको छु। ती वडामा जनताको स्थिति, पार्टीको स्थिति र शहीद परिवारको स्थिति प्रत्यक्ष हेर्ने गरी म नै जान्छु, सातै प्रदेशको सात वटा वडामा गृहमन्त्री भएता पनि वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठजी जानुहुन्छ।’ तस्विर :प्रदीपराज वन्त/प्रम प्रचण्डको सचिवालय