Logo

माओवादी केन्द्रीय समिति बैठकः महासचिवले नारा लगाए, सदस्यहरुले एकै स्वरमा भने ‘जिन्दावाद’



काठमाडौं, २१ साउन । नेकपा (माओवादी केन्द्र) को केन्द्रीय समिति बैठक सकिएको छ । गत साउन १७ गतेदेखि सुरु भएको बैठक पाँचौं दिनमा आज (आईतबार) समापनि भएको हो । आज अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सम्बोधन गरेसँगै बैकक समापन भएको छ ।

बैठक समापनको क्रममा प्रचण्डले भावनात्मक रुपमा आफूहरु एक ढिक्का भएको बताए ।‘हामी एक ढिक्का भएका छौँ । पार्टी नेतृत्व बाहिर जाने छैनौँ । नेतृत्वको वरिपरि गोलबन्द हुने छौँ । हामी भावनात्मक रूपले भए पनि एक ढिक्का भएका छौँ । फेरि माओवादी जाग्ने छ,’– उनले भने ।

बैठक समापनको क्रममा हलमा ‘श्रद्धेय अध्यक्ष कमरेड प्रचण्ड – लालसलाम’ को नारा गुन्जिएको थियो । बैठक समापन गर्दा महासचिव देव गुरुङले केही नारा लगाए भने केन्द्रीय सदस्यले सामूहिक रूपमा ‘जिन्दावाद–जिन्दावाद’ भने ।



प्रतिक्रिया दिनुहोस्

Screenshot