Logo

बौद्ध दर्शनमा विश्वव्यापी प्रवचन दिने डा. ल्यारक्याल लामा लुम्बिनी विकास कोषको उपाध्यक्षमा नियुक्त, बौद्धमार्गीहरु उत्साही



काठमाडौं, २१ साउन । सरकारले लुम्बिनी विकास कोषको उपाध्यक्ष डा. ल्यारक्याल लामालाई नियुक्त गरेको छ । लामालाई कोषको उपाध्यक्ष बनाएसँगै बौद्धमार्गीहरु उत्साही भएका छन् । गत हप्ता बसेको मन्त्रिपरिषद्को बैठकले पूर्व अर्थ राज्यमन्त्री तथा संविधानसभा सदस्यसमेत रहेका डा. लामालाई कोषको कार्यकारी उपाध्यक्षमा नियुक्त गरेको हो ।

प्रधानमन्त्री पुष्पकमल दाहालकै चाहनाबमोजिम लामालाई सरकारले कोषको उपाध्यक्षजस्तो महत्वपूर्ण जिम्मेवारी प्रदान गरेको हो । लामा खेन्पो छिमे छिरिङको नामले पनि परिचित छन् । लामाले लुम्बिनीको विकासको लागि ठूलो योगदान पुर्याउने बौद्धमार्गीहरुले विश्वास दिलाएका छन् । किनकी लामा बुद्ध धर्मकै गुरु हुन् ।

उनले बुद्धत्वको पक्षमा विश्वभर प्रवचन दिने गरेका छन् । यसको साथसाथै उनले भगवान गौतम बुद्ध नेपालको लुम्बिनीमा जन्मिएको भनेर इन्टरनेश्नल फोरममा भन्ने गरेका छन् । र, यो कुरा उनले अन्तर्राष्ट्रिय बौद्ध सम्मेलनहरुमा पनि सुनाउँदै आएका छन् । लामाले बौद्ध दर्शनमा विद्यावारिधी (पिएचडी) पनि गरेका छन् ।

लामासँग अर्थराज्यमन्त्री भएर देशको राजकाज चलाएको पनि अनुवभ छ । सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका वडा नम्बर १ मा जन्मिएका लामाले विश्वका विभिन्न विकसित मुलुकमा पुगेर बौद्ध दर्शनबारे प्रवचन दिएका छन् । उनी बुबा पासाङ फुर्बा र आमा नोर्बु रानीका १० सन्तानमध्ये कान्छो छोरा हुन् ।

डा. लामाले बाल्यकालको शिक्षा हेलम्बु र त्यसपछि काठमाडौं बौद्धमा आर्जन गरेका हुन् । यसको साथै, भारतको कर्नाटकको मसुरीको निङ्मा विश्वविद्यालयबाट १२ वर्ष लामो अध्ययनपछि खेन्पो डिग्री हासिल गरेका हुन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot