Logo

सभामुख घिमिरेले आज पनि संसद्को अवरोध हटाउनेबारे शीर्ष नेतासँग छलफल गर्ने



काठमाडौं, साउन २२ । सभामुख देवराज घिमिरेले सदनको अवरोध हटाउने विषयमा शीर्ष दलका नेताहरूसँग छलफल गर्ने भएका छन् । आज संसद् बैठक बस्नअघि शीर्ष दलका नेतासँग छलफल गर्ने कार्यक्रम तय भएको उनको निजी सचिवालयले जनाएको छ ।

सभामुख घिमिरेले आईतबार सदनको अवरोध हटाउने विषयमा सचेतकहरूसँग छलफल गरेका थिए । तर, छलफलमा सत्तापक्ष र प्रतिपक्ष दुवैले सुन तस्करी प्रकरणका विषयमा आआफ्नो अडान कायम राखेपछि उनले सोमबार मध्याह्न १२ बजे शीर्ष दलका नेतासँग सदन अवरोधको निकास खोज्न बैठक तय गरेका हुन् ।

एमालेले साउन १० गतेदेखि संसद् बैठक सञ्चालनमा अवरोध गर्दै आएको छ । आज दिउँसो १ बजेका लागि प्रतिनिधिसभाको बैठक बस्दैछ ।



प्रतिक्रिया दिनुहोस्