Logo

यस्तो छ आजको विदेशी मुद्रा विनिमय दर



काठमाडौं, साउन २२ । नेपाल राष्ट्र बैंकले सोमबारका लागि निर्धारण गरेको विदेशी मुद्राको विनिमय दर अनुसार आज अमेरिकी डलर १ को खरिद दर १३२ रुपैयाँ २५ पैसा र बिक्री दर १३२ रुपैयाँ ८५ पैसा रहेको छ।

युरो १ को खरिद दर १४५ रुपैयाँ ६२ पैसा छ भने बिक्री दर १४६ रुपैयाँ २८ पैसा छ। पाउन्ड स्टर्लिङ १ को खरिद दर १६८ रुपैयाँ ६२ पैसा छ भने बिक्री दर १६९ रुपैयाँ ३८ पैसा छ।

अस्ट्रेलियन डलर १ को खरिद दर ८६ रुपैयाँ ८९ पैसा छ भने बिक्री दर ८७ रुपैयाँ २९ पैसा छ। जापानी येन १० को खरिद दर ९ रुपैयाँ ३३ पैसा छ भने बिक्री दर ९ रुपैयाँ ३७ पैसा छ।

त्यस्तै, साउदी रियाल १ को खरिददर ३५ रुपैयाँ २५ पैसा छ भने बिक्री दर ३५ रुपैयाँ ४१ पैसा छ। कतारी रियाल १ को खरिद दर ३६ रुपैयाँ ३० पैसा छ भने बिक्री दर ३६ रुपैयाँ ४६ पैसा छ।

यूएई दिराम १ को खरिददर ३६ रुपैयाँ ०१ पैसा छ भने बिक्री दर ३६ रुपैयाँ १७ पैसा छ। मलेसियन रिङ्गिट १ को खरिददर २९ रुपैयाँ ०३ पैसा छ भने बिक्री दर २९ रुपैयाँ १७ पैसा छ।



प्रतिक्रिया दिनुहोस्