Logo

प्रधानमन्त्री प्रचण्ड र साउदी राजदूतबीच भेटवार्ता



काठमाडौं, साउन २२ । नेपालका लागि साउदी अरबका राजदूत साद अबुहामिदले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग शिष्टाचार भेटवार्ता गरेका छन् । प्रधानमन्त्रीलाई भेट्न राजदूत अबुहामिद सोमबार विहान प्रधानमन्त्री निवास बालुवाटार पुगेका हुन् ।

प्रधानमन्त्रीको कार्यालयअनुसार दुईजनाबीच नेपाल र साउदी अरबबीचको द्विपक्षीय सहकार्य र दुई देशबीचको सम्बन्धलाई अझै मजबुत बनाउने, साउदीमा काम गर्ने नेपाली श्रमिकका समस्यालाई सहजीकरण गर्ने लगायतका विषयमा छलफल भएको छ ।



प्रतिक्रिया दिनुहोस्